September 28, 2026

भर्खरै

हावा र घामबाटै उज्यालो ! जापानको पार्कमा देखिएको प्रविधिले नेपाललाई सोच्न बाध्य बनायो

राम्रो पोष्ट २६ पुष २०८२, शनिवार
हावा र घामबाटै उज्यालो ! जापानको पार्कमा देखिएको प्रविधिले नेपाललाई सोच्न बाध्य बनायो

कैलाश लामा, सम्पादक

टोकियो — जापानको ओदैबा पार्कमा जडान गरिएको एउटा अत्याधुनिक प्रविधिले अहिले धेरैको ध्यान तानेको छ। माथि घुम्ने सानो पङ्खा, बीचमा सोलार प्यानल र तल बत्ती तथा ब्याट्री जडित यो संरचनाले हावा र घामबाटै बिजुली उत्पादन गरी सार्वजनिक स्थान उज्यालो बनाइरहेको छ।

यो प्रणाली दिनमा सौर्य ऊर्जा र हावाबाट विद्युत् संकलन गरी ब्याट्रीमा सुरक्षित गर्छ र राति पार्क तथा सडकमा बत्ती बाल्न प्रयोग हुन्छ। जापानमा प्रयोगमा आएको यस्तो ध्ष्लम–क्यबिच ज्थदचष्म ीष्नजत क्थकतझ को मूल्य क्षमताअनुसार फरक पर्ने भए पनि साधारण साना मोडलहरू १५ हजार येनदेखि १ लाख येनसम्म पर्ने बताइन्छ। ठूला सार्वजनिक पोल र संरचनाको लागत भने अझ बढी हुन सक्छ।

ऊर्जा विज्ञहरूका अनुसार यो प्रविधिले नेपाललाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। नेपालले लामो समयसम्म लोडसेडिङको पीडा भोगिसकेको अनुभव अझै ताजा छ। अहिले आपूर्ति केही सहज भए पनि सुख्खायाम र भविष्यको माग व्यवस्थापन चुनौतीपूर्ण नै रहेको विज्ञहरूको भनाइ छ।

नेपालमा वर्षभरि घाम लाग्ने र पहाडी तथा लेकाली क्षेत्रमा नियमित हावा चल्ने भएकाले ग्रामीण सडक, विद्यालय, स्वास्थ्यचौकी र पर्यटकीय क्षेत्रमा यस्तो प्रविधि लोडसेडिङको स्थायी समाधान बन्न सक्ने देखिन्छ। यदि सरकारले नवीकरणीय ऊर्जामा यस्ता प्रविधिलाई प्राथमिकतामा राख्न सके, नेपालको ऊर्जा भविष्य अझै उज्यालो बन्ने संकेत देखिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट