२१ माघ २०८२, बुधवार

भर्खरै

जापानमा ११ वर्ष, राजनीति र मातृभूमिप्रति समर्पित दावा शेर्पा समानुपातिकतर्फ सिफारिस

राम्रो पोष्ट १२ पुष २०८२, शनिवार
जापानमा ११ वर्ष, राजनीति र मातृभूमिप्रति समर्पित दावा शेर्पा समानुपातिकतर्फ सिफारिस

टोकियो — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि युवा पुस्ता र प्रवासी नेपालीमाझ लोकप्रिय दावा शेर्पाको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ। पौवादुङ–१, श्यामशिला निवासी शेर्पा शेर्पा संघ जापानका पूर्व अध्यक्ष र जनजाति महासंघ जापानका सचिव हुन्।

११ वर्षअघिदेखि जापानमा रहेर जापानी भाषा अध्ययन पूरा गरेर वर्किङ गरेका शेर्पा, नेपालमा नभए पनि आफ्नो माटो र पार्टीप्रतिको लगावका कारण पार्टीले उनलाई विशेष प्राथमिकताका साथ सिफारिस गरेको हो। उनी सहिद परिवारसँग प्रत्यक्ष सम्बन्धित छन्। दाई आङ्काजी शेर्पा जनयुद्धमा सहिद भएका थिए।

यसैले उनको उम्मेदवारीमा भावनात्मक र ऐतिहासिक महत्त्व पनि जोडिएको छ।

सिफारिस सूची सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा शुभचिन्तकहरूले जापानमा रहेका शेर्पालाई अग्रिम जितको शुभकामना र बधाई सन्देश पठाइरहेका छन्। पार्टीको बैठक भोजपुर जिल्ला इन्चार्ज नगेन्द्र किराँतीको अध्यक्षता र प्रदेश १ सांसद राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा बसेको थियो।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ अजम्बर राई, दिलकुमार राई, सुदेश पराजुली सिफारिस भएका छन् भने राष्ट्रिय सभाका लागि ध्रुव छाङछा, दलबहादुर गिरी र ठण्डबहादुर विकको नाम पठाइएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट