२१ माघ २०८२, बुधवार

भर्खरै

जापानमा नेपाल मगर संघको २२औं महाधिवेशन भव्य रूपमा सम्पन्न, भिक्टर ठाडा मगर अध्यक्ष निर्वाचित

राम्रो पोष्ट २७ असोज २०८२, सोमवार
जापानमा नेपाल मगर संघको २२औं महाधिवेशन भव्य रूपमा सम्पन्न, भिक्टर ठाडा मगर अध्यक्ष निर्वाचित

टोकियो, जापान — नेपाल मगर संघ जापान केन्द्रीय समितिको २२ औं महाधिवेशन अक्टोबर ११ तारिखका दिन टोकियोमा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। 

अधिवेशनले भिक्टर ठाडा मगरलाई संघको नयाँ अध्यक्षमा निर्वाचित गरेको छ, जबकि महासचिव पदमा सागर थापा मगर चयन भएका छन् ।

नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा रित राना मगर, उपाध्यक्षहरूमा लोकबहादुर रोका मगर, भिम श्रीस मगर, रमेश राना मगर, माया थापा मगर, दिल पुर्जा मगर, हेम सुर्यवंशी मगर र नरेन्द्र थापा मगर रहेका छन्।

त्यसैगरी महासचिव सागर थापा मगर, सचिवहरू कमल पुन मगर र दिपेन्द्र बलाल मगर, कोषाध्यक्ष ढक प्रसाद जुग्जाली मगर, सह–कोषाध्यक्ष रमा राना मगर, र सदस्यहरू सगुन सुर्यवंशी मगर, विकास फगामी मगर, श्रीस बुढाथोकी कान्ता मगर, मिना पुन मगर (माया), सेवक सारु मगर, मनिता राना मगर, ज्ञानसिंह काउचा मगर, अन्जन थापा मगर, र लक्ष्मी अर्गेजा चयन भएका छन् ।

कार्यक्रममा वक्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, विगत दुई वर्षको कार्यकालमा संघलाई सक्रिय, सबल र एकजुट रूपमा सञ्चालन गरी अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने तत्कालीन अध्यक्ष रामहरी खपांगी मगर र उनको कार्यसमितिप्रति विशेष आभार प्रकट गरिएको थियो। नेपाल मगर संघ जापानले आगामी दिनमा मगर समुदायको हक–अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवद्र्धनका लागि अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट