२१ माघ २०८२, बुधवार

भर्खरै

‘टोकियो सप्ताह–२०२५’ हुँदै : श्रीमद्भागवत ज्ञानमहायज्ञ र बौद्ध प्रवचन एकै मञ्चमा

राम्रो पोष्ट २४ असोज २०८२, शुक्रवार
‘टोकियो सप्ताह–२०२५’  हुँदै : श्रीमद्भागवत ज्ञानमहायज्ञ र बौद्ध प्रवचन एकै मञ्चमा

टोकियो — जापानस्थित नेपाली समुदायबीच अध्यात्म र संस्कृति एकसाथ अनुभव गराउने उद्देश्यका साथ यस वर्ष ‘टोकियो सप्ताह–२०२५’ भव्य रूपमा मनाइने भएको छ।

गैरआवासीय नेपाली संघ (NRNA) जापानले आयोजना गर्न लागेको यो विशेष कार्यक्रम आगामी नोभेम्बर ८ देखि १५ तारिखसम्म टोकियोको शिन्जुकु–काबुकिचो १–२१–१ Rooftop  मा सञ्चालन हुने भएको हो।

कार्यक्रमको प्रमुख उद्देश्य जापानमा ‘एकीकृत नेपाली घर र बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि सहयोग जुटाउने रहेको छ । सप्ताहभरि चल्ने यस महोत्सवमा भक्तिभाव र ज्ञानको संगम हुनेछ — जहाँ वाचन प्रवचन पण्डित दिनबन्धु पोखरेलले श्रीमद्भागवत ज्ञानमहायज्ञ मार्फत आध्यात्मिक सन्देश प्रवाह गर्नेछन् भने, महान बौद्ध गुरु थुलुङ सोनाम ग्याल्जेन रिम्पोछेले बौद्ध धर्मका गहिरा दर्शन प्रस्तुत गर्नेछन्।

कार्यक्रमका बारेमा जानकारी दिँदै गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शुभास लामिछानेले भने, “हामीले यो कार्यक्रममार्फत जापानमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो संस्कृति, धर्म र परम्परासँग जोड्ने प्रयास गरेका छौं। हिन्दु र बौद्ध दुवै दर्शनको एक मञ्चमा समावेशी प्रस्तुति यसपालिको विशेषता हो।”

लामिछानेका अनुसार, टोकियो सप्ताहले जापानस्थित नेपाली समुदायबीच एकता, सहअस्तित्व र सांस्कृतिक गौरवको सन्देश फैलाउनेछ। आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा सहभागिताको लागि निमन्त्रणासमेत गरेको छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट