August 13, 2026

भर्खरै

६ लाख भन्दा बढि फूल फुल्ने पार्क, जहाँ फूलकै महोत्सव हुन्छ

राम्रो पोष्ट ४ असार २०८०, सोमवार
६ लाख भन्दा बढि फूल फुल्ने पार्क, जहाँ फूलकै महोत्सव हुन्छ

टोकियो । एउटै पार्कमा लाख भन्दा बढि फूलहरु फुल्छन् भन्दा र सुन्दा अचम्म लाग्न सक्छ।
तर घर-आँगन, सार्वजनिक स्थलदेखि बन-जंगल,खोला-नाला, समुन्द्र जताततै पार्कनै पार्कले ढाकिएको जापानमा भने नौलो कुरा भएन्।
निगाटा प्रिफेक्चरको शिबाता क्षेत्रमा अवस्थित इजिमिनो पार्कले यस्तै विशेषता बोकेको छ।
इजिमिनो पार्कको १.८ हेक्टेयर मैदानमा 'मे'को मध्यदेखि 'जुन'को सुरुसम्ममा करिब ३०० प्रजातिका ६,००,००० भन्दा बढी सुन्दर फूलहरू फुल्छन्।
यी सबै फूलहरू धेरै समान देखिन्छन्, तर यस स्थानको विशेषताहरू मध्ये एक यो हो कि विभिन्न प्रजातिहरू एकपछि अर्को फूल्छन् - "अयामे" मेको मध्यमा आइरिस हुन्छ,
"काकितसुबाता" मेको अन्त्यमा र "हानासुबु" जूनको शुरुमा आइरिस हुन्छ। इजिमिनो पार्क जापानको चार ठूला आइरिस पार्कहरू मध्ये एक हो।
जापान टुडेका अनुसार जूनको मध्यमा, जब पार्क सबैभन्दा सुन्दर हुन्छ, शिबाता अयामे महोत्सव आयोजना गर्ने गरिन्छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट