२१ माघ २०८२, बुधवार

भर्खरै

एभरेष्ट इन्टरनेशनल स्कूल जापान, आराकावा क्याम्पसमा राधिका देवी (दासी) को प्रवचन कार्यक्रम

राम्रो पोष्ट २७ भदौ २०८२, शुक्रवार
एभरेष्ट इन्टरनेशनल स्कूल जापान, आराकावा क्याम्पसमा राधिका देवी (दासी) को प्रवचन कार्यक्रम

टोकियो । एभरेष्ट इन्टरनेशनल स्कूल, जापान आराकावा क्याम्पसमा सेप्टेम्बर १३ तारिख शनिबार राधिकादेवी (दासी) द्वारा प्रवचन कार्यक्रम हुने भएको छ ।

“धर्मबाट मार्ग, शिक्षाबाट प्रकाश, शान्तिबाट भविष्य” भन्ने नारासहित आयोजना गरिएको उक्त प्रवचन कार्यक्रममा धर्म, शिक्षा र समाजमा शान्तिको भूमिका विषयमा विशेष प्रवचन हुने आयोजकले जनाएका छन् ।

कार्यक्रम शनिबार दिउँसो २ बजे आराकावा–कु, आराकावा ८–१२–३ मा रहेको एभरेष्ट इन्टरनेशनल स्कूल, टोकियो नजिकैको माचिया स्टेशन नजिक आयोजना हुनेछ ।

कार्यक्रमका लागि सम्पर्क नम्बरहरू ०३–५६४८–९३०० र ०८०–६८४२–२५५२ सार्वजनिक गरिएको छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट