May 13, 2026

भर्खरै

३७ वर्षपछि रेलभाडा बढ्ने, यामानोते लगायतका लाइनमा मार्चदेखि नयाँ दर लागू

राम्रो पोष्ट १७ साउन २०८२, शनिवार
३७ वर्षपछि रेलभाडा बढ्ने, यामानोते लगायतका लाइनमा मार्चदेखि नयाँ दर लागू

टोकियो, जापान —
JR East ले यामानोते लाइनसहितका रेलमार्गमा भाडा बढाउने अनुमति पाएको छ। सन् १९८७ मा स्थापना भएयता पहिलो पटक कम्पनीले सबै रूटमा भाडा बढाउँदैछ। नयाँ भाडादर आउँदो मार्चदेखि लागू हुनेछ।

अब १ देखि ३ किलोमिटर दूरीको रेलयात्राका लागि टिकटको सुरुको भाडा १५० येनबाट १६० येन हुनेछ। IC कार्ड प्रयोग गर्ने यात्रुहरूले पनि ८ देखि ९ येन बढी तिर्नुपर्नेछ।

कम्पनीले जनसंख्यामा कमी, मूल्य बढ्दो अवस्था र मर्मत खर्च धान्न नसकिने भएकाले यस्तो निर्णय लिनु परेको जनाएको छ।

सामान्य टिकटको भाडा औसत ७.८ प्रतिशतले बढ्नेछ। कम्युटर पासको भाडा १२ प्रतिशत र विद्यार्थी पासको भाडा ४.९ प्रतिशतले बढ्नेछ।

 

JR East ले यो भाडा वृद्धिबाट बर्सेनि झण्डै ८८ अर्ब येन आम्दानी बढ्ने अनुमान गरेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट