June 27, 2026

भर्खरै

टोकियोमा एशियाली फिल्म फेस्टिवल, जिज्ञान कुमार थापाले दिनेछन् प्रमुख सम्बोधन

राम्रो पोष्ट १६ साउन २०८२, शुक्रवार
टोकियोमा एशियाली फिल्म फेस्टिवल, जिज्ञान कुमार थापाले दिनेछन् प्रमुख सम्बोधन

टोकियो, जापान — जापानको राजधानी टोकियोमा यही अगस्ट २ र ३ तारिख (शनिबार–आईतबार) हुने एशियन डकुमेन्टरीज फिल्म फेस्टिवल २०२५ मा नेपाल–जापान सम्बन्धका विज्ञ, संचारकर्मी तथा शैक्षिक क्षेत्रका अग्रणी व्यक्ति जिज्ञान कुमार थापाले प्रमुख अतिथिको रूपमा सम्बोधन दिने भएका छन्।

Asian Documentaries नामक अनलाइन वृत्तचित्र प्लेटफर्मद्वारा आयोजित यस दुईदिने फिल्म महोत्सवमा एशिया महादेशका करिब ४० देशबाट छानिएका तीन सय ६० भन्दा बढी वृत्तचित्रहरूबाट १० उत्कृष्ट वृत्तचित्र प्रदर्शन गरिने छ। 

फेस्टिवलको उद्घाटन नेपालको चर्चित वृत्तचित्र “Snowland“ बाट गरिने आयोजकले जनाएका छन्।

कार्यक्रमका विशिष्ट अतिथि जिज्ञान कुमार थापा जापानको कानागावा अन्तर्राष्ट्रिय फाउन्डेशनमा कार्यरत हुनुका साथै, जापानी मिडियामा सक्रिय पत्रकार हुन्। हाल उहाँ चुकुबा विश्वविद्यालयमा पार्ट–टाइम प्राध्यापकका रूपमा समेत संलग्न हुनुहुन्छ। नेपाल–जापान सम्बन्धमा गहिरो ज्ञान राख्ने थापाले उद्घाटन समारोहमा विशेष सम्बोधन दिनेछन्।

Asian Documentaries का अनुसार, “Snowland” नामक वृत्तचित्र नेपालका दुर्गम हिमाली बस्तीहरूको कथालाई उजागर गर्ने अभिप्रायले निर्माण गरिएको हो। उक्त वृत्तचित्र बेलायतको एक निर्माण कम्पनीले निर्माण गरेको हो।

फिल्म फेस्टिवलबारे थप जानकारी तथा सम्पूर्ण कार्यक्रम सूची निम्न लिंकहरूमा उपलब्ध छन्‌ः

https://www.asiandocs.net

“Snowland” कार्यक्रम विवरण: https://www.asiandocs.net/snowland

जिज्ञान कुमार थापा बारे https://www.asiandocs.net/jigyan-thapa

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट