May 26, 2026

भर्खरै

‘नेपाल–डे’ जुलाई २८ मा ओसाकामा, विश्व मञ्चमा नेपालको पहिचान झल्किने

राम्रो पोष्ट ११ साउन २०८२, आइतवार
‘नेपाल–डे’ जुलाई २८ मा ओसाकामा, विश्व मञ्चमा नेपालको पहिचान झल्किने

ओसाका, जापान । नेपालको राष्ट्रिय दिवस (नेपाल–डे) यस वर्ष ओसाकामा विशेष समारोहका साथ मनाइने भएको छ। टोकियोस्थित नेपाली राजदूतावासको आयोजनामा साउन १२ गते, सोमबार (जुलाई २८) ओसाका एक्स्पो स्थलमा नेपाल–डे मनाइने औपचारिक जानकारी गराइएको हो।

नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीका अनुसार जापान सरकारको सहकार्यमा आयोजना गरिने उक्त कार्यक्रममा सहभागी भई नेपालको गरिमा प्रस्तुत गर्न सबै नेपाली समुदायलाई अपिल गरिएको छ। 

समारोह दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा दिउँसो ३ बजे सहभागीहरू नेपाल पेभिलियनमा भेला हुनेछन् र त्यसपछि विभिन्न देशका पेभिलियनहरूको अवलोकन गरिनेछ। 

मुख्य तथा औपचारिक कार्यक्रम भने दिउँसो ४ः३० बजे ‘नेशनल–डे हल’ मा हुने दूतावासका डीसीएम हरिहर कान्ता पौडेलले जानकारी दिनुभयो।

ओसाका एक्स्पोमा नेपालले आफ्नै मौलिक डिजाइमा नेपाल मण्डप निर्माण गरी ह्यान्डीर्क्याफ्ट, हिमाली रैथाने बाली, नेपाली चिया र कफी लगायतका सामग्री प्रदर्शनीमा राखेको छ। 

एक सय ५८ देशको सहभागिता रहेको एक्स्पो यो वर्षको अक्टोबर १३ तारिखसम्म चल्नेछ।

नेपाल–डे समारोह विश्व मञ्चमा नेपालको सांस्कृतिक पहिचान र आत्मसम्मानलाई उजागर गर्ने विश्वास गरिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट