१२ चैत २०८२, सोमवार

भर्खरै

महिलालाई काँधमा बोकेर शौचालय पुर्‍यउने नेपाली युवक टोकियोमा पक्राउ, ३–१० वर्ष कैद सम्भावना

राम्रो पोष्ट १ साउन २०८२, बिहिवार
महिलालाई काँधमा बोकेर शौचालय पुर्‍यउने नेपाली युवक टोकियोमा पक्राउ, ३–१० वर्ष कैद सम्भावना

टोकियो — जापानको टोकियोस्थित अराकावा वार्डको एक पार्कमा २० वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छन्। टोकियो रिपोर्टरका अनुसार, पक्राउ परेका २६ वर्षीय तुफान थापाले गत जुन २४ तारिख राति ती महिलालाई काँधमा बोकेर पार्कको सार्वजनिक शौचालयभित्र लगेका थिए।

थापाले ती महिलासँग रेस्टुरेन्टमा भेट गरी मदिरा पिउन प्रस्ताव गरेका थिए। त्यसपछि उनीहरू पार्क गएका थिए, जहाँ उनले महिलालाई जबरजस्ती काँधमा बोकेर शौचालयभित्र लगेको Tokyo Reporter ले जनाएको छ। सुरक्षाक्यामेराबाट घटनाको पुष्टि भएको र थापाले पीडितको शरीरमा छोएको कुरा स्वीकार गरे पनि बलात्कारको आरोप भने अस्वीकार गरेका छन्।

जापानको संशोधित दण्ड संहिता अनुसार, पीडितको सहमति बिना भएको यौन सम्पर्कलाई ‘असहमतिको यौन सम्बन्ध’ (Non–consensual sexual intercourseभ) मानिन्छ। यस्तो अपराधमा ३ देखि १० वर्षसम्मको कैद सजाय हुन सक्छ। पीडित प्रतिरोध गर्न नसक्ने अवस्थामा रहेको खण्डमा पनि यो बलात्कारकै श्रेणीमा पर्ने कानुनी व्यवस्था छ। सन् २०२३ मा संशोधित कानुनले सहमतिको अभावलाई समेत बलात्कारको रूपमा परिभाषित गरेको छ।

घटनामा संलग्न युवक नेपाली नागरिक भएको पुष्टि भएको छ भने पीडित महिलाको राष्ट्रियता भने समाचारमा खुलाइएको छैन।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट