August 13, 2026

भर्खरै

उनले एक श्रीलङ्काली नागरिकलाई उक्त कम्पनीको बिजनेस म्यानेजर को रूपमा प्रस्तुत गर्दै जापानको बसोबास भिसा दिलाएका थिए।

जापानमा नक्कली डकुमेन्टको विगविगी, एक पक्राउ

पक्राउ पर्नेमा ४४ वर्षीय मोहम्मद इरफान रहेका छन्, उनलाई जापानको चिगासाकी, कानागावा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

राम्रो पोष्ट २५ असार २०८२, बुधवार
जापानमा नक्कली डकुमेन्टको विगविगी, एक पक्राउ

कानागावा (जापान), जुलाई ७ — जापानमा नक्कली कागजातको आधारमा भिसा दिलाउने कार्यमा संलग्न भएको अभियोगमा एक श्रीलङ्काली नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ४४ वर्षीय मोहम्मद इरफान रहेका छन्, उनलाई जापानको चिगासाकी, कानागावा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

द–असाही सिम्बुन लगायत जापानी संचारमाध्यमका अनुसार इरफानले २०२३ डिसेम्बरमा नक्कली कार डिलर कम्पनी दर्ता गरी त्यसको नाममा झुटा फाइनान्सियल कागजात तयार पारेका थिए। 

उनले एक श्रीलङ्काली नागरिकलाई उक्त कम्पनीको बिजनेस म्यानेजर को रूपमा प्रस्तुत गर्दै जापानको बसोबास भिसा दिलाएका थिए।

जापानी इमिग्रेसन अनुसन्धानका अनुसार सोही प्रकृयाबाट कम्तीमा ९ जना श्रीलङ्कालीलाई अवैध रूपमा जापान प्रवेश गराइएको छ। तीमध्ये केहीलाई इन्जिनियर/ह्युमानिटिज/इन्टरनेसनल सर्भिसेस भिसा प्रयोग गरी ल्याइएको थियो।

प्रहरीले घटनालाई गम्भीर कागजात किर्ते र भिसा दुरुपयोग को विषय मानेको छ। इरफानमाथि अब फरेनर इमिग्रेसन ल अनुसार थप कारवाही अघि बढाइने जनाइएको छ।

यो घटनाले जापानमा इमिग्रेसन सम्बन्धी चुनौती थपिएको देखिन्छ। विदेशी श्रमिकको संख्यामा वृद्धि भइरहेका बेला यस्ता गिरोहहरूले नीतिगत सुरक्षालाई कमजोर बनाइरहेको देखिएको छ।

अनुसन्धान जारी छ, अन्य संलग्नहरू पनि पक्राउ पर्ने सम्भावना रहेको जापानी प्रहरीले संकेत दिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट