१० चैत २०८२, शनिवार

भर्खरै

जापानमा आँधीका कारण बुलेट रेल सेवा बन्द

राम्रो पोष्ट ३१ साउन २०८१, बिहिवार
जापानमा आँधीका कारण बुलेट रेल सेवा बन्द

योकोहामा । टोकियो नजिक आउन सक्ने आँधीबेहरीका कारण बुलेट रेल सेवा बन्द हुने भएको छ। अम्पिल आँधीका कारण टोकियो र नागोयाबीचको टोकाइडो शिन्कानसेन बुलेट रेल लाइनमा शुक्रबार दिनभर सबै सेवा बन्द हुने भएको हो। जापानको जेआर सेन्ट्रलले तोहोकु, जो–एत्सु र यामागाटा शिन्कानसेन बुलेट ट्रेनलइनमा शुक्रबार बिहान ११ बजेदेखि सेवा आंशिक रूपमा बन्द हुने बनाएको छ । एनएचकेका अनुसार तोहोकु, जो–एत्सु, होकुरिकु, अकिता र यामागाटा शिन्कानसेन लाइनहरूमा पनि सेवा स्थगन र ठूलो ढिलाइ हुन सक्ने बताएको छ। त्यसैगरि अल निप्पोन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल) ले हानेडा र नारिता विमानस्थलमा एकै दिन करिब ५०० उडान रद्द गर्ने घोषणा गरेका छन् ।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट