August 13, 2026

भर्खरै

जापनको भूकम्पमा मृत्युु हुनेको संख्या ८४ पुग्यो, ७९ जना अझै बेपत्ता

राम्रो पोष्ट २० पुष २०८०, शुक्रवार
जापनको भूकम्पमा मृत्युु हुनेको संख्या ८४ पुग्यो, ७९ जना अझै बेपत्ता

टोकीयो। मध्य जापानको नोटो क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या इशिकावा प्रान्तमा मात्रै ८४ पुगेको छ। सो प्रान्तमा ७९ जना अझै बेपत्ता छन्।
इशिकावा प्रिफेक्चरल सरकारले बिहीबार साँझ प्रकोप नियन्त्रण मुख्यालय बैठकमा तथ्यांकहरु सार्वजनिक गर्द‌ै भूकम्पको क्षति बारेमा जानकारी दिएको हो।
नगरपालिकाका अनुसार वाजिमामा ४८, सुजुमा २३, नानाओमा पाँच, अनमिजुमा चार, नोटोमा दुई र हाकुई र शिकामा एक–एक जनाको मृत्यु भएको छ । यसैबीच वाजिमा र सुजुका ३०/३० जनाभन्दा बढीसहित ७९ जना अझै सम्पर्कविहीन छन् । प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट