September 29, 2026

भर्खरै

भुवन घिमिरेको संयोजकत्वमा दोलखा समाज जापानको क्युशु क्षेत्र गठन

राम्रो पोष्ट १६ पुष २०८०, सोमवार
भुवन घिमिरेको संयोजकत्वमा दोलखा समाज जापानको क्युशु क्षेत्र गठन

टोकयो। भुवन घिमिरेको संयोजकत्वमा दोलखा समाज जापानको क्युशु क्षेत्र गठन गरिएको छ।
दोलखा समाज जापानको क्युशु क्षेत्र स्तरीय भेलाले घिमिरेको संयोजकत्वमा कार्यसमिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा गोपाल चौलागाईं, सचिवमा कृष्ण चौलागाईं सहसचिव सन्तोष कार्की, कोषाध्यक्ष दिलराम गिरी, सहकोषाध्यक्षमा उषा खत्री रहेको दोलखा समाज जापानका अध्यक्ष रोशन थापाले जानकारी दिए।
त्यसैगरी सदस्यहरु कल्याणी खड्का, कल्पना सापकोटा, सविना सिवाकोटी, पवित्रा थापा रहेका छन्।
कार्यक्रमको प्रमुख अतिथि गैरआवसिया नेपाली संघ एनआरएन क्युशुका संयोजक विवेक बुढाथोकीले प्रवासमा रहेर सुखदुखको लागि एक जुुट भई हातेमालो गरी अगाडि बढ्ने काम दोलखा समाज जापानले गर्ने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा दोलखा समाज जापानका केन्द्रिय अध्यक्ष रोशन थापा, समाजका संरक्षक नवराज थापा, सल्लाहकार प्रदिप खड्का, वाजिरो नेपाल सोसाईटीका सचिव उपेन्द्र भट्टराई, फुकुओका नेपाली सोसाईटीका उपाध्यक्ष दीपक विक लगायतका अतिथिहरुले भेलालाई सम्बोधन गरेका थिए।
दोलखा समाज जापानले क्युशु क्षेत्र सहित क्षेत्रिय समिति कान्साईमा यस अघि नै कार्यसमिति गठन गरेका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट