२९ फागुन २०८२, शनिवार

भर्खरै

भारी वर्षाका कारण जापानको अकितामा एक जनाको मृत्यु, २ हजारभन्दा बढी विस्थापित

राम्रो पोष्ट ३१ असार २०८०, आइतवार
भारी वर्षाका कारण जापानको अकितामा एक जनाको मृत्यु, २ हजारभन्दा बढी विस्थापित

टोकियो - भारी वर्षापछपको बाढी, पहिरोबाट जापानको अकितामा धनजनको क्षति गरेको छ ।
उत्तरपूर्वी जापानको अकिता प्रिफेक्चरमा सप्ताहन्तमा भारी वर्षाका कारण एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजार भन्दा बढी मानिसहरू विस्थापित भएका हुन्।
मृत्युु भएका व्यक्ति बिहान ७ बजेको समयमा गोजोमेको खेतबारीमा बाढीले बगाएको अवस्थामा कारमा फेला परेको आईतवार स्थानीय अधिकारीहरुले बताए।उद्धारकर्मीहरूका अनुसार उनको मृत्युु भइसके छ।
अकिता सहरका ७७ विस्थापन केन्द्रमा करिब २१ सय मानिसहरुलाई राखिएको छ।
जापानको मौसम विज्ञान एजेन्सीले आकिता क्षेत्रमा पहिरो खस्ने, नदीको सतह बढ्ने र बाढी आउन सक्ने चेतावनी दिन जारी राखेको छ।
भूस्खलनले केही क्षेत्रमा पानी आपूर्तिमा बाधा पुर्‍याएपछि प्रकोप राहत प्रदान गर्न भू-सेल्फ डिफेन्स फोर्स बोलाइएको प्रीफेक्चरल सरकारले जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट