२१ माघ २०८२, बुधवार

भर्खरै

सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

राम्रो पोष्ट २३ असार २०८०, शनिवार
सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

चरिकोट । दोलखाको सिगंटी खोलाबाट २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
२५ मेगावाटको सिंगटी जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको कम्पनिले विभिन्न ३५ मेगावाटभन्दा बढी क्षमताका आयोजनामा लगानी गर्ने उदेश्यले १ बराबर १ हकप्रद सेयर निष्कासन गर्ने भएको हो।
सय रुपैयाँ दरका १ करोड ४५ लाख कित्ता सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको सिंगटीका प्रबन्ध सञ्चालक सुदिप खड्काले जानकारी दिए। उनका अनुसार हकप्रद शेयर जारीबाट प्राप्त रकम अर्बिट इनर्जी प्रालिद्वारा प्रबर्धित २१.५ मेगावाटको सभा खोला ‘बी’ र ६.३ मेगावाटको सभा खोला ‘सि’ मा ५१ प्रतिशत र ह्याबिट्याट पावर कम्पनी प्रालिद्वारा प्रवर्धित ७.५ मेगावाटको हेवा ‘ए’ मा ५१ प्रतिशत लगानी गर्नेछ।
हकप्रद सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ हुने जनाइएको छ । हाल, सिंगटीको अधिकृत पुँजी २ अर्ब ९० करोड रुपैयाँ, जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ।
कम्पनीले निर्माण गरेको सिगंटी खोलाबाट कूल क्षमताको ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । सिंगटी खोलाबाट उत्पादन गरिएको सबै विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नका लागि कम्पनी र प्राधिकरणबीच २०७० कात्तिक २७ गते र २०७४ साल मंसिर २८ गते क्रमशः १६ मेगावाट र ९ मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको थियो ।
२०६७ जेठ ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भई सिंगटी हाइड्रो इनर्जी २०७५ असार ६ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट