September 30, 2026

भर्खरै

रारा चाउचाउको एक ब्याच न्यून गुणस्तरको पाइएपछि बजारबाट फिर्ता गर्न आदेश

राम्रो पोष्ट १४ असोज २०८३, बुधवार
रारा चाउचाउको एक ब्याच न्यून गुणस्तरको पाइएपछि बजारबाट फिर्ता गर्न आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा ब्रान्डको ६० ग्राम तयारी चाउचाउको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागका अनुसार ब्याच नं. REG 01 को उक्त चाउचाउ बजार अनुगमनका क्रममा नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डअनुसार न्यूनस्तरको पाइएको हो।

उक्त चाउचाउ पोखरास्थित हिमश्री फुड्स प्रालिले उत्पादन गरेको हो। परीक्षणबाट मापदण्डअनुसार नभएको पाइएपछि विभागले सम्बन्धित उत्पादनको बिक्री–वितरण रोक्न तथा बजारमा पुगिसकेको उक्त ब्याच फिर्ता गर्न निर्देशन दिएको जनाएको छ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थ निर्धारित गुणस्तर तथा स्वच्छता मापदण्डअनुसार नभएको पाइएको जनाएको छ।

यद्यपि, विभागको कारबाही रारा चाउचाउको ब्याच नं. REG 01 मा मात्र केन्द्रित रहेको देखिन्छ। त्यसैले यसलाई आधार बनाएर रारा ब्रान्डका सबै चाउचाउ गुणस्तरहीन भएको अर्थ लाग्ने गरी बुझ्नु उचित हुँदैन।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट