July 29, 2026

भर्खरै

सिनओकुबोको चर्चित ‘रातोमाटो–द क्ले ओभन’ नयाँ स्वरूपमा, जुलाई २९ मा विशेष उद्घाटन

राम्रो पोष्ट ११ साउन २०८३, सोमवार
सिनओकुबोको  चर्चित ‘रातोमाटो–द क्ले ओभन’ नयाँ स्वरूपमा, जुलाई २९ मा विशेष उद्घाटन

टोकियो। जापानको टोकियोस्थित सिनओकुबोको चर्चित नेपाली–भारतीय रेस्टुरेन्ट ‘रातोमाटो–द क्ले ओभन’ नयाँ स्वरूपमा पुनः सञ्चालनमा आउने भएको छ। 
आकर्षक डेकोरेसन, परम्परा र आधुनिकताको संयोजन तथा थप स्तरीय सेवासहित रेस्टुरेन्टले जुलाई २९ गते दिउँसो ४ बजे विशेष उद्घाटन कार्यक्रम आयोजना गर्ने भएको हो ।
विगतदेखि नै नेपाली समुदायसँगै विभिन्न देशका ग्राहकबीच लोकप्रिय रहेको ‘रातोमाटो’ले यसपटक आफ्नो सम्पूर्ण इन्टेरियरलाई नयाँ शैलीमा सजाएको छ। रेस्टुरेन्टभित्र बुद्धको कलात्मक प्रतिमा, माटाका भाँडाकुँडा, नेपाली मौलिक कला, आकर्षक लाइटिङ तथा आरामदायी बसाइको व्यवस्थाले ग्राहकलाई फरक अनुभव दिने विश्वास व्यवस्थापनको छ।
रेस्टुरेन्टले परम्परागत क्ले ओभन तन्दुरीमा तयार गरिने नेपाली, भारतीय तथा एसियाली परिकारलाई अझ उत्कृष्ट स्वाद र गुणस्तरसहित प्रस्तुत गर्ने जनाएको छ। व्यवस्थापनका अनुसार नयाँ डेकोरेसनसँगै सेवा प्रवाहलाई पनि थप व्यावसायिक र ग्राहकमैत्री बनाइएको छ।
विशेष उद्घाटन कार्यक्रममा नेपाली समुदाय, स्थानीय ग्राहक, व्यवसायी तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी भई नयाँ स्वरूपमा सञ्चालनमा आएको रेस्टुरेन्टको स्वाद र आतिथ्य अनुभव गर्न आयोजकले सबैलाई निमन्त्रणा दिएको छ।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट