२१ माघ २०८२, बुधवार

भर्खरै

सुनपाती र धुपी मिश्रित सुगन्धित अगरबत्ती उत्पादन गर्दै महिला उद्धमी दहाल

राम्रो पोष्ट २८ साउन २०८०, आइतवार
सुनपाती र धुपी मिश्रित सुगन्धित अगरबत्ती उत्पादन गर्दै महिला उद्धमी दहाल

चरिकोट । राजधानी काठमाडौंदेखि नजिकैको हिमाली जिल्ला दोलखा धार्मिक,सांस्कृतिक र प्राकृतिक रुपमा प्रसिद्ध छ । नेपालको समय मापन गरिने गौरीशंकर हिमाल, च्छोरोल्पा हिमताल, शैलुङ थुम्का, चेर्दुङ लगाएतका प्राकृतिक सम्पदादेखि प्रसिद्ध दोलखा भीमेश्वर, कालिञ्चोक भगवती, माङ्काल भगवती लगाएतका मन्दिर पनि दोलखामै छन्। त्यसैगरी आनी उत्पादन गर्ने टासी छिमे गाछाल (विगु) गुम्बा, प्रसिद्ध लाप्ची गुम्बा लगाएतका दर्जन बढी गुम्बाहरु पनि छन्। त्यसैले पछिल्लो समय दोलखा धार्मिक तीर्थयात्रीहरुको गन्तव्य बन्दै गएको छ । विशेषगरी कालिञ्चोक भगवती र दोलखा भीमेश्वरमा मानिसहरूको आउजाउ बढ्दो छ। यी मन्दिरहरुमा पुजापाठको लागि अत्यावश्यक सामाग्रीहरुमध्ये धुप महत्त्वपूर्ण सामाग्री हो। दिनप्रतिदिन धुप (अगरबत्ती) को माग बढेकोले चरिकोट स्थित खतिवडा गुरुको पूजा सामग्री भण्डारले जिल्लामै धुप उत्पादन गर्ने भएको छ। यस्का लागि तीन ओटा मेसिन र उपकरणहरु आइपुगेको सञ्चालक सुस्मा दहालले जानकारी दिइन्। जिल्लामै स्थानीय सरकारहरुसंगको सहकार्यमा जिल्लाको कालिञ्चोक र विगुको धुपी अनि सुनापती मिश्रित सुगन्धित अगरबत्ती उत्पादन गर्न थालेको बताउँदै उनले भनिन् “दोलखा जिल्लाबासीका साथै कालिञ्चोक भगवती र दोलखा भीमेश्वरमा दर्शन गर्न आउने दर्शनार्थीलाई लक्ष्यित गरि उत्पादन थालेका हौँ।” त्यसैगरी अगरबत्ती हिमाली शुद्ध कच्चा पदार्थबाट बन्ने भएकोले यस्ले सुगन्धित र स्वास्थ्य समेत असर नगर्ने विश्वास गरिएको छ । “हामीले पूजाका हरेक सामग्री शुद्ध रुपमा हाम्रै गाउँघरमा उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा निरन्तर लागि रहेका छौं।”उनले भनिन्। हालसम्म जिल्लाका दुई दर्जन बढी उद्यमीहरु आफूहरूसंग जोडिएकोले पनि सबैको मागलाई ध्यानमा राखेर अगरबत्ती उत्पादन सुरु गरेको सञ्चालक दहालले बताइन् ।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट