September 18, 2026

भर्खरै

जापानको समुद्री क्षेत्रमा उत्तर कोरियाली कार्गो जहाजले तानिरहेको डुंगा डुब्यो, एक जना बेपत्ता

राम्रो पोष्ट २ असोज २०८३, शुक्रवार
जापानको समुद्री क्षेत्रमा उत्तर कोरियाली कार्गो जहाजले तानिरहेको डुंगा डुब्यो, एक जना बेपत्ता

टोकियो — जापानको उत्तरपश्चिमी तट नजिकै बिहीबार उत्तर कोरियाली कार्गो जहाजले तानिरहेको एउटा डुंगा डुब्दा एक जना बेपत्ता भएका छन्।
जापान कोस्ट गार्डका अनुसार डुंगामा चार जना चालक दलका सदस्य थिए। उत्तर कोरियाको उद्धार समन्वय केन्द्रले बिहीबार बिहान चार जना समुद्रमा खसेको जानकारी जापानको क्योटोस्थित क्षेत्रीय मुख्यालयलाई दिएको थियो।
उक्त घटना ओकी द्वीपसमूहमध्ये निशिनोशिमा टापुबाट करिब १०४ किलोमिटर दक्षिणपश्चिममा भएको हो। घटना भएको क्षेत्र जापानको विशेष आर्थिक क्षेत्र (EEZ) भित्र पर्छ।
जापान कोस्ट गार्डले खोज तथा उद्धारका लागि गस्ती जहाज र विमान परिचालन गरेको थियो। उद्धारकर्मीले तीन जनालाई समुद्रबाट निकाल्न सफल भएका छन्। तीमध्ये दुई जना होसमा रहेको बताइएको छ भने तेस्रो व्यक्तिलाई मृत भएको आशंका गरिएको छ। एक जना भने अझै बेपत्ता छन्।
घटनामा संलग्न व्यक्तिहरू कुन देशका नागरिक हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ। साथै, डुबेको डुंगा उत्तर कोरियाली कार्गो जहाज ‘कुम या’सँग सम्बन्धित थियो कि थिएन भन्नेबारे पनि जापान कोस्ट गार्डले अनुसन्धान गरिरहेको छ।
डुंगा त्यहाँ के उद्देश्यले पुगेको थियो भन्ने विषयमा समेत अनुसन्धान जारी रहेको जापानी अधिकारीहरूले बताएका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट