युक्रेनमा रुसी आक्रमणमा ८ जनाको मृत्यु, युरोपले सेना पठाए रुससँग युद्ध हुने पुटिनको चेतावनी
राम्रो पोष्ट
२८ भदौ २०८३, आइतवार
एजेन्सी —रुसले युक्रेनमा गरेको ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ८ जना सर्वसाधारणको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार जापोरिज्झिया, क्रिभी रिह, ओडेसा, क्रामाटोर्स्क र झितोमिर क्षेत्रमा रुसी आक्रमणबाट ठूलो क्षति भएको छ।
ओडेसा क्षेत्रमा भएको ठूलो आक्रमणमा मात्रै ३५ जना घाइते भएका छन्। आक्रमणबाट एक आवासीय भवनको माथिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले युक्रेनमा सेना पठाएमा त्यसलाई रुससँगको प्रत्यक्ष युद्धका रूपमा लिइने चेतावनी दिएका छन्। भारतमा आयोजित द्यच्क्ष्ऋक् शिखर सम्मेलनका क्रममा पुटिनले युरोपले युक्रेनमा सेना पठाउने निर्णय गरेमा “रुससँग युद्ध” हुने बताएका हुन्।
युरोपेली नेताहरूले सम्भावित शान्ति स्थापनाका लागि युक्रेनमा सेना पठाउने विकल्पप्रति प्रतिबद्धता जनाइरहेका बेला रुसले भने यस्तो कदम अस्वीकार्य हुने बताउँदै आएको छ।
अर्कोतर्फ, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डिसेम्बरमा अमेरिकाको मियामीमा हुने न्२० सम्मेलनमा आफू र पुटिन दुवैलाई निम्तो दिइए भेटवार्ता गर्न तयार रहेको बताएका छन्। रुसका विदेशमन्त्री सर्गेई लाभरोभले भने वार्ताका लागि रुस तयार भए पनि वार्ताकै क्रममा सैन्य कारबाही नरोकिने बताएका छन्।

राम्रो पोष्ट