अमेरिकालाई चुनौती दिँदै BRICS सक्रिय बन्दै! मध्यपूर्व युद्ध रोक्न सीको आह्वान
राम्रो पोष्ट
२८ भदौ २०८३, आइतवार
एजेन्सी — चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न BRICS समूहले सक्रिय शान्तिदूतको भूमिका खेल्नुपर्ने बताएका छन्। भारतको नयाँदिल्लीमा आयोजित द्यच्क्ष्ऋक् शिखर सम्मेलनलाई सम्बोधन गर्दै सीले मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय समुदायको साझा हित पूरा नगर्ने बताएका हुन्।
सीले चीनले द्यच्क्ष्ऋक् का अन्य सदस्य राष्ट्रसँग सहकार्य गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि काम गर्ने बताए। उनले द्यच्क्ष्ऋक् लाई ग्लोबल साउथको नेतृत्वदायी समूहका रूपमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
द्यच्क्ष्ऋक् मा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र संयुक्त अरब इमिरेट्स सहभागी छन्। यस समूहमा विश्वको ४० प्रतिशतभन्दा बढी जनसंख्या र विश्व अर्थतन्त्रको करिब एक चौथाइ हिस्सा रहेको बताइन्छ।
विश्लेषकहरूका अनुसार द्यच्क्ष्ऋक् को विस्तारसँगै समूहले विश्व राजनीतिमा आफ्नो प्रभाव बढाउँदै गएको छ। लामो समयदेखि अमेरिका र उसका पश्चिमी साझेदारहरूको प्रभाव रहेको अन्तर्राष्ट्रिय व्यवस्थामा द्यच्क्ष्ऋक् लाई वैकल्पिक शक्ति समूहका रूपमा पनि हेरिँदै आएको छ।
यसैबीच, सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका छन्। सात वर्षपछि भारत पुगेका सीले चीन–भारत सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्ने बताएका छन्।
सी र मोदीबीचको भेटले दुई देशबीच पछिल्लो समय सुधार हुँदै गएको सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ। सीमा विवाद र सन् २०२० को सैन्य झडपपछि तनावपूर्ण बनेको चीन–भारत सम्बन्ध पछिल्ला वर्षहरूमा क्रमशः सुधारतर्फ अघि बढिरहेको छ।
सीले अर्को वर्ष द्यच्क्ष्ऋक् को अध्यक्षता चीनले गर्ने र १९औँ द्यच्क्ष्ऋक् शिखर सम्मेलन आयोजना गर्ने जानकारीसमेत दिएका छन्। यसले आगामी दिनमा द्यच्क्ष्ऋक् लाई थप सक्रिय र प्रभावशाली बनाउने चीनको तयारी देखाएको छ।

राम्रो पोष्ट