September 10, 2026

भर्खरै

८८ वर्षको उमेरमा फेरि प्रशान्त महासागर एक्लै पार गर्ने जापानी साहसी होरीको तयारी

राम्रो पोष्ट २४ भदौ २०८३, बुधवार
८८ वर्षको उमेरमा फेरि प्रशान्त महासागर एक्लै पार गर्ने जापानी साहसी होरीको तयारी

जापान,Tokyo। जापानी साहसी नाविक केनिची होरीले ८८ वर्षको उमेरमा फेरि एकपटक प्रशान्त महासागर एक्लै पार गर्ने यात्रा गर्ने घोषणा गरेका छन्। उनले सन् २०२७ मार्चमा अमेरिकाको सान फ्रान्सिस्कोबाट यात्रा सुरु गर्ने योजना बनाएका छन्।
यात्रा सफल भएमा होरीले सबैभन्दा बढी उमेरमा एक्लै प्रशान्त महासागर पार गर्ने आफ्नै विश्व कीर्तिमान तोड्नेछन्। उनले यसअघि ८३ वर्षको उमेरमा सन् २०२२ मा प्रशान्त महासागर एक्लै पार गरेर विश्व कीर्तिमान बनाएका थिए।
होरीले सन् १९६२ मा २३ वर्षको उमेरमा पहिलोपटक जापानको निशिनोमिया बन्दरगाहबाट ५.८ मिटर लामो ‘मरमेड’ नामक डुंगामा एक्लै सान फ्रान्सिस्को पुगेका थिए। त्यतिबेला उनीसँग पासपोर्टसमेत थिएन। तर उनको साहसिक यात्राले अमेरिकामा समेत व्यापक चर्चा पाएको थियो। पछि उनको यात्रामा आधारित आत्मकथा ‘अलोन अन द प्यासिफिक’ चर्चित बनेको थियो।
होरीले सन् १९७३–७४ मा एक्लै विश्व परिक्रमा गर्नुका साथै सन् १९८९ मा विश्वकै सबैभन्दा सानो नौकाबाट प्रशान्त महासागर पार गर्ने लगायतका थुप्रै साहसिक यात्रा गरिसकेका छन्।
‘उमेर बढ्दै जाँदा चुनौती लिने चाहना झन् बढ्यो’
आफ्नो ८८औँ जन्मदिनमा होरीले उमेर बढ्दै जाँदा जीवन सीमित रहेको महसुस हुने भएकाले नयाँ चुनौती लिने इच्छा अझ बलियो भएको बताए।
उनले आफ्नो स्वास्थ्यप्रति कुनै चिन्ता नरहेको र यात्राका लागि विशेष तालिमसमेत नलिएको बताए। उनका अनुसार नयाँ चुनौतीले शरीरसँगै दैनिक जीवनलाई पनि ऊर्जावान बनाउँछ।
“म १०० वर्षको हुँदासम्म यात्रा गरिरहनेछु भनेर वर्षौंदेखि भन्दै आएको छु। अब त्यो लक्ष्य वास्तविकताको नजिक पुगेजस्तो लाग्छ,” उनले भने।
नयाँ नौका पहिलेभन्दा ठूलो र सुरक्षित
होरीको नयाँ यात्राका लागि निर्माण भइरहेको ‘सन्तोरी मरमेड–४’ नौका करिब ९.२ मिटर लामो हुनेछ। यो उनले सन् १९६२ र २०२२ मा प्रयोग गरेका नौकाभन्दा करिब डेढ गुणा ठूलो हुनेछ।
नयाँ नौकामा आधुनिक प्रविधि र सुरक्षा व्यवस्था राखिनेछ। यसले समुद्रमा बढी स्थिरता दिनेछ भने होरीले क्याबिनभित्र निहुरिन नपरी काम गर्न सक्नेछन्।
नौकामा सोलार प्यानलबाट विद्युत् उत्पादन, ध्ष्–ँष् र स्याटेलाइट फोन जडान गरिनेछ। यात्राका क्रममा होरीले जापानमा रहेका आफ्ना सहयोगीसँग दैनिक सम्पर्कमा रहने योजना बनाएका छन्।
नौकामा डिजेल इन्जिनसमेत राखिनेछ। तर उक्त इन्जिन बन्दरगाहमा प्रवेश गर्ने–निस्कने तथा विद्युत् अभाव भएको अवस्थामा मात्र प्रयोग गर्ने योजना छ। प्रशान्त महासागर पार गर्ने क्रममा इन्धन सीमित हुने भएकाले आपत्कालीन अवस्थामा समेत इन्जिनको उपयोग निकै सीमित हुने होरीले बताएका छन्।
होरीले सन् २०२७ मार्चमा सान फ्रान्सिस्कोबाट प्रस्थान गरी मे महिनाको अन्त्यतिर जापानको किइ च्यानल हुँदै ह्योगो प्रिफेक्चरको निशिनोमिया बन्दरगाह पुग्ने लक्ष्य राखेका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट