August 2, 2026

भर्खरै

‘नथिङ इज इम्पोसिबल’ भन्ने सन्देश दिने निम्सदाइको ब्रोड पिकमै दुःखद अन्त्य

राम्रो पोष्ट १६ साउन २०८३, शनिवार
‘नथिङ इज इम्पोसिबल’ भन्ने सन्देश दिने निम्सदाइको ब्रोड पिकमै दुःखद अन्त्य

काठमाडौं । विश्व पर्वतारोहणमा असम्भवलाई सम्भव बनाएर इतिहास रचेका नेपाली मूलका बेलायती पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा पाकिस्तानको ब्रोड पिक (८,०५१ मिटर) मा आएको हिमपहिरोमा परेर निधन भएको पुष्टि भएको छ। उनको कम्पनी इलाइट एक्सपेड ले शनिबार शोक वक्तव्यमार्फत निधनको पुष्टि गरेको हो।
गत बिहीबार आरोहणका क्रममा आएको भीषण हिमपहिरोले पुर्जाको नेतृत्वमा रहेको टोलीलाई चपेटामा पारेको थियो। दुर्घटनामा उनका सहयात्री पुरबहादुर गुरुङ ‘युक्ता’ र निमा शेर्पासहित अन्य आरोहीहरूको पनि मृत्यु भएको कम्पनीले जनाएको छ।
ब्रोड पिक प्रस्थानअघि सामाजिक सञ्जालमा उनले लेखेका थिए, “ब्रोड पिक, मलाई सुरक्षित रूपमा शिखरसम्म पुग्न देऊ र फेरि सकुशल घर फर्किन पनि देऊ।” तर त्यो प्रार्थना अधुरै रह्यो।

म्याग्दीमा जन्मिएका पुर्जा १८ वर्षको उमेरमा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएका थिए। पछि उनी ब्रिटिस रोयल नेभीको स्पेशल बोट सर्भिस (क्द्यक्) मा प्रवेश गर्ने पहिलो नेपाली बने। सन् २०१८ मा बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट एमबीई सम्मान प्राप्त गरेका उनी सन् २०१९ मा ६ महिना ६ दिनमै ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको यही यात्रामा आधारित नेटफ्लिक्सको ‘१४ एभबपकः ल्यतजष्लन क्ष्क क्ष्mउयककष्दभि’ वृत्तचित्रले उनलाई विश्वभर चिनाएको थियो।
सन् २०२१ मा उनले १० नेपाली आरोहीको टोलीसँग मिलेर के–टुको पहिलो सफल हिउँदे आरोहण गर्दै अर्को ऐतिहासिक कीर्तिमान पनि बनाएका थिए। आफ्नै कम्पनी इलाइट एक्सपेड र निम्सदाइ फाउन्डेसन मार्फत उनले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएका थिए।
विश्व पर्वतारोहण समुदायले आज एउटा साहसी आरोही मात्र गुमाएको छैन, ‘ल्यतजष्लन क्ष्क क्ष्mउयककष्दभि’ भन्ने जीवनदर्शनलाई व्यवहारमा उतार्ने प्रेरणादायी व्यक्तित्व पनि गुमाएको छ। उनका कीर्तिमान र प्रेरणादायी योगदान भने सदैव स्मरणीय रहनेछन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट