August 2, 2026

भर्खरै

पाकिस्तानले बेलायती भन्यो, नेपालले नेपाली : निर्मल पुर्जाको नागरिकतामाथि नयाँ प्रश्न

राम्रो पोष्ट १६ साउन २०८३, शनिवार
पाकिस्तानले बेलायती भन्यो, नेपालले नेपाली : निर्मल पुर्जाको नागरिकतामाथि नयाँ प्रश्न

काठमाडौं । पाकिस्तानको ब्रड पिक (८,०५१ मिटर) मा आएको हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नागरिकताबारे नयाँ विवाद सतहमा आएको छ। पाकिस्तानले सार्वजनिक गरेको आधिकारिक विवरणमा पुर्जालाई बेलायती नागरिक उल्लेख गरिएको छ भने नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने उनलाई नेपाली आरोहीको सूचीमा राखेको छ।
पाकिस्तानले सार्वजनिक गरेको १० सदस्यीय आरोही टोलीको विवरणमा निर्मल पुर्जाको राष्ट्रियता युनाइटेड किङ्डम उल्लेख गर्दै राहदानी नम्बरसमेत सार्वजनिक गरेको छ। तर नेपाल सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा उनको नाम नेपाली आरोहीको सूचीमा समावेश गरिएको छ।
उकेराले यसअघि सार्वजनिक गरेको कागजातअनुसार पुर्जाले सन् २०१२ मा बेलायती राहदानी लिएका थिए भने सन् २०१६ मा नेपाली राहदानीसमेत प्रयोगमा रहेको देखिएको थियो। समाचार सार्वजनिक भएपछि उनले बेलायतस्थित नेपाली दूतावासमार्फत नेपाली नागरिकता त्याग्ने प्रक्रिया अघि बढाएको र जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता निष्क्रिय बनाएको दाबी गरिएको छ।
यस आधारमा निर्मल पुर्जा नेपाली मूलका बेलायती नागरिक रहेको देखिए पनि नेपाल सरकारको पछिल्लो सूचीमा उनलाई नेपाली आरोहीका रूपमा समावेश गरिएपछि नागरिकताबारे फेरि प्रश्न उठेको छ।
उता, ब्रड पिकमा आएको हिमपहिरोमा बेपत्ता भएका पुर्जासहित सात जनाको खोजी तथा उद्धार कार्य मौसममा सुधार आएपछि पुनः सुरु गरिएको छ। हालसम्म नेपाली आरोही पुरबहादुर गुरुङ, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव तथा अमेरिकी आरोही सारा म्यालोरीको शरीरका अवशेष फेला परिसकेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट