१८ फागुन २०८२, मङ्गलवार

भर्खरै

जापानमा दोलखाका एक पुरुष पक्राउ

राम्रो पोष्ट ११ असार २०८०, सोमवार
जापानमा दोलखाका एक पुरुष पक्राउ

टोकियो। जापानमा दोलखा, कालिञ्चोक गाउँपालिकाको एक पुरुष पक्राउ परेका छन्। ती पुरुषलाई जापानी महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। कामको सिलसिलामा जापान आएका उनी टोकियोमा परिवारसँग बस्दै आएका थिए। उनलाई एउटै कम्पनीमा काम गर्ने जापानी महिलाले दुर्व्यवहारको आरोप लगाएको प्रहरीले जनाएको छ। परिवारले भने ती महिलाले कामको सिलसिलामा बोलाएर दुर्व्यवहार भयो भन्दै प्रहरी बोलाएर पक्राउ गरेको बताएका छन्। जापानमा महिलामाथि हुने दुर्व्यवहार तथा अन्य अपराधीक क्रियाकलापमा कडा सजाय वा जरिवाना वेहोर्नुपर्ने कानुन छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट