जापानमा नेपाल मगर संघको २२औं महाधिवेशन भव्य रूपमा सम्पन्न, भिक्टर ठाडा मगर अध्यक्ष निर्वाचित



टोकियो, जापान — नेपाल मगर संघ जापान केन्द्रीय समितिको २२ औं महाधिवेशन अक्टोबर ११ तारिखका दिन टोकियोमा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
अधिवेशनले भिक्टर ठाडा मगरलाई संघको नयाँ अध्यक्षमा निर्वाचित गरेको छ, जबकि महासचिव पदमा सागर थापा मगर चयन भएका छन् ।
नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा रित राना मगर, उपाध्यक्षहरूमा लोकबहादुर रोका मगर, भिम श्रीस मगर, रमेश राना मगर, माया थापा मगर, दिल पुर्जा मगर, हेम सुर्यवंशी मगर र नरेन्द्र थापा मगर रहेका छन्।
त्यसैगरी महासचिव सागर थापा मगर, सचिवहरू कमल पुन मगर र दिपेन्द्र बलाल मगर, कोषाध्यक्ष ढक प्रसाद जुग्जाली मगर, सह–कोषाध्यक्ष रमा राना मगर, र सदस्यहरू सगुन सुर्यवंशी मगर, विकास फगामी मगर, श्रीस बुढाथोकी कान्ता मगर, मिना पुन मगर (माया), सेवक सारु मगर, मनिता राना मगर, ज्ञानसिंह काउचा मगर, अन्जन थापा मगर, र लक्ष्मी अर्गेजा चयन भएका छन् ।
कार्यक्रममा वक्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, विगत दुई वर्षको कार्यकालमा संघलाई सक्रिय, सबल र एकजुट रूपमा सञ्चालन गरी अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने तत्कालीन अध्यक्ष रामहरी खपांगी मगर र उनको कार्यसमितिप्रति विशेष आभार प्रकट गरिएको थियो। नेपाल मगर संघ जापानले आगामी दिनमा मगर समुदायको हक–अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवद्र्धनका लागि अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।