१८ फागुन २०८२, मङ्गलवार

भर्खरै

जापानमा रहेका दोलखालीहरुको अक्षयकोष अभियानमा एफजे पे जापानको सहयोग

राम्रो पोष्ट २२ भदौ २०८२, आइतवार
जापानमा रहेका दोलखालीहरुको अक्षयकोष अभियानमा एफजे पे जापानको सहयोग

टोकियो। जापानमा रहेका दोलखालीहरुले सुरु गरेको १ करोडको अक्षयकोष अभियानमा आज ऐतिहासिक सहारा थपिएको छ। टोकियोस्थित एफजे पे जापान (फरेक्स कम्पनी लिमिटेड) ले दोलखा समाज जापानलाई एक लाख जापानी येन सहयोग हस्तान्तरण गरेको हो। 

समाजका अध्यक्ष सञ्जिव पोखरेलले सहयोग ग्रहण गर्दै यो अभियानले विदेशमा रहेका नेपालीहरूको सामाजिक भावना र समर्पणलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार, अक्षयकोष स्थापनाले दीर्घकालीन रुपमा समुदायलाई आवश्यक परेको बेला सहयोग पुग्ने व्यवस्था मिल्नेछ । 

उनले अभियानलाई सफल बनाउन सबै दोलखालीलाई हातेमालो गर्न आग्रह समेत गरे ।

दोलखा समाज जापानले लामो समयदेखि नेपाल र जापानमा रहेका दोलखाली समुदायलाई एकजुट गर्दै सामाजिक, सांस्कृतिक र शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। हाल समाजले दीर्घकालीन सामाजिक लाभका लागि अक्षयकोष निर्माणलाई शीर्ष प्राथमिकतामा राखेको छ ।

यसैबीच, रेमिट्यान्स सेवा प्रदान गर्दै आएको एफजे पे जापानले हालै ‘७७ रंग एफजे पे संग’ नामक समाजसेवी अभियान सार्वजनिक गरेको छ। कम्पनीले जापानमा रहेका नेपालीहरूमाझ एकताको भावना जगाउने र विशेष गरी विपन्न नेपालीहरूलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारेको हो।

कम्पनीका अनुसार सो अभियानमार्फत ७७ जिल्लालाई समेटेर ७७ लाख येन खर्च गरिनेछ र यसका लागि जापानमा रहेका नेपाली संघसंस्थासँग सहकार्य गरिनेछ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट