१८ फागुन २०८२, मङ्गलवार

भर्खरै

टोकियोमा प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो राष्ट्रिय अधिवेशन अगस्ट ३१ मा

राम्रो पोष्ट १२ भदौ २०८२, बिहिवार
टोकियोमा प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो राष्ट्रिय अधिवेशन अगस्ट ३१ मा

टोकियो । प्रवासी नेपाली एकता मञ्च, जापान राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय अधिवेशन यही अगस्ट ३१ तारिख आइतबार हुने भएको छ। 

अधिवेशन दिउँसो १ बजे टोकियोको शिन्जुकुस्थित नेपाली मुरा हल, सोलमारीमा आयोजना हुने आयोजक समितिले जनाएको छ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा (एस) का केन्द्रीय महासचिव घनश्याम भुषाल प्रमुख अतिथि रहनेछन्। 

त्यस्तै नेकपा (एस) पोलिटव्युरो सदस्य एवम् अनेरास्ववियूका पूर्व अध्यक्ष शुदेस पराजुली र पार्टी केन्द्रीय समिति सदस्य तथा पूर्वी एसिया इन्चार्ज द्रोण सिवलाल विशिष्ट अतिथि रहनेछन्।

सन् २०२१ मा स्थापना भएको मञ्चले जापानमा रहेका नेपालीबीच आपसी एकता, सांस्कृतिक आदानप्रदान र अधिकार संरक्षणका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ।

अधिवेशनलाई भव्य बनाउन आवश्यक सबै तयारी पूरा भएको आयोजक कमिटीका संयोजक हरि लामिछानेले बताए। उनका अनुसार अधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउने र नयाँ कार्ययोजना तय गरिनेछ। 

साथै, जापानका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट