२१ माघ २०८२, बुधवार

भर्खरै

उत्तराखण्डको केदारनाथ धाममा भएको हेलिकप्टर दुर्घटनामा चालक दलसहित सबै ७ जनाको मृत्यु

राम्रो पोष्ट १ असार २०८२, आइतवार
उत्तराखण्डको केदारनाथ धाममा भएको हेलिकप्टर दुर्घटनामा चालक दलसहित सबै ७ जनाको मृत्यु

भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा चालक दलसहित ७ जनाको मृत्यु भएको छ ।

गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना हुँदा पाँच यात्रु सहित सातै जनाको मृत्यु भएको हो।

शवहरू नराम्ररी जलेको र मृतकहरूमा एक बालिका पनि रहेको भारतिय सञ्चारमाध्य आजतकले प्रहरीलाई उद्रित गर्दै खबर लेखेको छ।

दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।

जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्।

गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए। हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो । 

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट