३० फागुन २०८२, मङ्गलवार

भर्खरै

जापानमा ५ किलो चामलको मुल्य ४ हजार कटेपछि सरकारले हजार टन चामल बजारमा ल्याउँदै

राम्रो पोष्ट २८ चैत २०८१, बिहिवार
जापानमा ५ किलो चामलको मुल्य ४ हजार कटेपछि सरकारले हजार टन चामल बजारमा ल्याउँदै

टोकियो। जापानमा पछिल्लो समय चामलको मुल्य निरन्तर बढिरहेको छ।

प्रति ५ किलो चामलको औसत मूल्य लगातार बढेर ४,२०६ येन सम्म पुगेसंगै सरकारले मुल्य नियन्त्रनको थप प्रयास गर्ने भएको छ। 

बढ्दो मूल्यलाई स्थिर बनाउ सरकारले जुलाईको अन्त्यसम्म हरेक महिना थप मौज्दात रहेको चामल उपलब्ध गराउने कृषिमन्त्री टाकु इटोले बताउनुभयो ।

मौज्दात रहेको दुई लाख १२ हजार टन चामल दुई किस्तामा निकासा भइसक्दा पनि मू्ल्यवृद्धि निरन्तर जारी रहेकाले यस्तो घोषणा गरिएको उहाँले बताउँनु भयो ।

तेस्रो रिलीजको लागि, सरकारले अप्रिलको अन्त्यमा एक हजार टन भण्डारण गरिएको चामल लिलामीको लागि राख्नेछ।

त्यसपछिको रिलीजको आकार बजारको अवस्था र अन्य कारकहरूमा आधारित हुने कुरा इटोले प्रधानमन्त्री शिगेरु इशिबासँगको बैठकमा जानकारी गराएका छन्। 

उपभोक्तालाई स्थिर आपूर्ति सिर्जना गरी चामलको बढ्दो मूल्यलाई स्थिर बनाउन सरकारले गर्मीसम्म हरेक महिना मौज्दात रहेको चामल बिक्री गर्नेछ ।

सरकारले गत फेब्रुअरीमा चामलको मौज्दातको केही अंश वितरण गर्ने निर्णय गरेको थियो । 

त्यसमध्ये केही चामल मार्चको अन्त्यदेखि सुपरमार्केटमा उपलब्ध छ ।

चामल सकिन सक्छ कि भन्ने चिन्ताका कारण व्यवसाय र घरपरिवारमा ठूलो परिमाणमा मौज्दात भएका कारण मूल्यमा तीव्र वृद्धि भएको मन्त्रालयको अनुमान छ ।

मार्च २४ देखि ३० को बीचमा बिक्री हुने प्रति ५ किलो चामलको औसत मूल्य लगातार बढेर ४,२०६ येन पुगेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट