१८ फागुन २०८२, मङ्गलवार

भर्खरै

सांघातिक आक्रमणमा परि जापान शिजुओकामा एक नेपाली गम्भीर घाइते

उनको दायाँ आँखाको तल्लो भागको हड्डी भाच्चिएको छ भने शरीरको विभिन्न भागमा चोट लागेको छ

राम्रो पोष्ट २४ माघ २०८०, बुधवार
सांघातिक आक्रमणमा परि जापान शिजुओकामा एक नेपाली गम्भीर घाइते

टोकियो। जापानको शिजुओकामा एक नेपालीलाई सांघातिक हमला गरि गम्भीर घाइते बनाएको छ ।
जापनको शिजुओका स्थित फुटसलमा २० भन्दा बढि युवाहरूले हाल शिजुओका बस्दै आएका काभ्रे पाँचखाल नगरगपालि –४ का राजन दुलाललाई आक्रमण गरि गम्भीर घाइते बनाएका हुन्। उनको दायाँ आँखाको तल्लो भागको हड्डी भाच्चिएको छ भने शरीरको विभिन्न भागमा चोट लागेको छ।
जनवरी २८ गते आइतबार  इन्टर शिजुओका कप प्रतियोगिता चलिरहेको अवस्थामा आफूमाथि ज्यान मार्ने उदेश्यले आक्रमण गरेको घाइते राजन दुलालले बताए। करिव २० जनाको समूहले आफूमाथि सांघातिक आक्रमण गरेको उनले प्रष्ट पारे ।
केही युवालाई तत्कालै पक्राउ गरि अनुसन्धान अघि बढाएको र बाकीको पनि खोज तथा अनुसन्धान भइरहेको माकिनोहारा पुलिस स्टेसनले जानकारी दिए।
प्रहरीका अनुसार आक्रमणमा जीम खानामा प्रयोग हुने सामाग्री प्रयोग गरेको पाइएको छ।
घाइते दुलालको शिजुओका साइसेखाइ अस्पतालमा उपचार भइरहेको छ। मंगलबार उनको आँखाको अप्रेसन गरेको र ३० लाख यन भन्दा बढि खर्च भएको उनले बताए।
राजन दुलाल शिजुओका ब्रदर्शका सस्थापक अध्यक्ष हुँन। नुवाकोट घर भइ हाल शिजुओका बस्ने रेशम डंगोलको निर्देशनमा शिजुओका युनाइटेडको समुहले आफुमाथि कुटपिट गरेको घाइते दुलालले बताए।
‘डंगोलले तोक्दे गिनो भिष र स्टुडेन्ट भिसामा आएका युवाहरुलाई पछाडिबाट निर्देशन दिएर ममाथि आक्रमण गर्न लगायो।’उनले भने। आफ्नो उपचारमा खर्चसहित हदैसम्मको कार्वाहीको माग सहित प्रहरीमा रिपोर्ट गरेको उनले बताए।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट