२१ माघ २०८२, बुधवार

भर्खरै

सफल व्यवसायी दिनेश बस्नेत रास्वपा दोलखाको संयोजक चयन

राम्रो पोष्ट २७ पुष २०८०, शुक्रवार
सफल व्यवसायी दिनेश बस्नेत रास्वपा दोलखाको संयोजक चयन

चरिकोट । राष्ट्रिय सोतन्त्र पार्टी (रास्वपा)ले दोलखा संयोजकमा दिनेश बस्नेतलाई चयन गरेको छ। सदरमुकाम चरिकोट स्थित होटल एमब्रोसियामा भएको प्रथम भेलाले बस्नेतलाई संयोजक चयन गरेको हो।
भेलाले २७ जनाको कार्यसमिति निर्माण गरेको भने ११ जनाको सचिवालय बनाएको रास्वपा भीमेश्वर नगर संयोजक श्याम कायस्थले जानकारी दिए।
यसअघिका संयोजक पुर्ण बहादुर तामाङले राजिनामा दिएपछि शुक्रबार  भेला बोलाइएको थियो। एक सय ५० भन्दा बढिको सहभागीता रहेको भेलाले बस्नेतलाई सर्वसम्मत संयोजक चयन गरेको हो। दिनेश बस्नेत दोलखाको सफल व्यवसायीमा पर्छन् । उनी नेकपा एमाले दोलखाको जिल्ला कमिटी सदस्य रहेपनि केही समय अघि व्यक्तिगत कारण देखाउँदै सो पदबाट राजिनामा दिएका थिए।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट