२१ माघ २०८२, बुधवार

भर्खरै

पशुपति स्मृति सहकारी पत्रकारीता पुरस्कार सकृय पत्रकार खड्कालाई

राम्रो पोष्ट २७ पुष २०८०, शुक्रवार
पशुपति स्मृति सहकारी पत्रकारीता पुरस्कार सकृय पत्रकार खड्कालाई

चरिकोट । लामो समयदेखि दोलखामा सक्रिय पत्रकार सिर्जना थापा खड्का पशुपति स्मृति सहकारी पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएकी छिन्।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष तथा हाम्रो अपडेट अनलाइनका सम्पादक समेत रहेकी पत्रकार खड्कालाई दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघले पुरस्कृत गरेको हो।
संघको वार्षिक साधारण सभाको अवसर पारेर पुरस्कृत गरेको पुरस्कारको राशी सम्मान पत्र र नगद पाँच हजार पाँच सय ५५ रुपैयाँ रहेको छ ।
पुरस्कार नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी र जिल्ला वचत संघका अध्यक्ष भुमिराज खड्काले संयुक्तरूपमा प्रदान गरेका थिए।
जिल्ला वचत संघले दोलखाका स्वर्गीय नेता पशुपति चौंलागाईको स्मृतिमा उनको नाममा पुरस्कार दिँदै आएको छ ।
दोलखालाई कार्यक्षेत्र बनाएर पत्रकारिता मार्फत सहकारीको वृद्धि, बिकासमा सहयोग गर्ने पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।
पुरस्कृत खड्का २०६४ सालमा सदरमुकाम चरिकोटमा स्थापना भएको हाम्रो रेडियो एफ.एम. १०३.४ मेघाहर्जमा स्थापनाकालदेखि निरन्तर कार्यरत छिन्। स्नातक गरेकी खड्का हाल हाम्रो रेडियोमा समाचार प्रमुख रूपमा कार्यरत छिन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट