२१ माघ २०८२, बुधवार

भर्खरै

नेपाल पब्लिक क्याम्पस सघं दालखाको अध्यक्षमा शान्तबहादुर केसी चयन

राम्रो पोष्ट १५ पुष २०८०, आइतवार
नेपाल पब्लिक क्याम्पस सघं दालखाको अध्यक्षमा शान्तबहादुर केसी चयन

दोलखा ।नेपाल पब्लिक क्याम्पस सघं, दालखाको अध्यक्षमा शान्तबहादुर केसी चयन भएका छन्।
शनिबार सदरमुकाम चरिकोटमा भएको प्रथम् अधिवेशनले गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटका क्याम्पस प्रमुख समेत हरेका केसीको अध्यक्षतामा १३ सदसीय कार्य समिति चयन गरेको हो।
संघको उपाध्यक्षमा दीपक दाहाल (प्रताप स्मृति कलेज सिँगटी), सचिवमा डम्बर प्रसाद चौलागाई (चरिकोट बहुमुखी क्याम्पस), सहसचिवमा नवराज घिमिर ( त्रिपुरा क्याम्पस नाम्दु), कोषाध्यक्षमा यज्ञराज खतिवडा ( हनुमन्ते क्याम्पस काब्रे), चयन भएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए।
नेपाल पब्लिक क्याम्पस संघ उच्च शिक्षामा सबैको पहुँच पुर्‍याउने र गुणात्मक शिक्षा प्रदानका लागि आफू प्रतिबद्ध रहेको उनले बताए।
त्यसैगरी सदस्यहरुमा बालकृष्ण फुँयाल, भीमबहादुर थापा,  केदार बहादुर जिरेल, सुष्मा लम्साल,  कमल कार्की लगायत चयन भएका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट