June 27, 2026

भर्खरै

राष्ट्रिय युवा संघ नेपाल दोलखाको अध्यक्षमा सरोज बस्नेत निर्वाचित

राम्रो पोष्ट २३ भदौ २०८०, शनिवार
राष्ट्रिय युवा संघ नेपाल दोलखाको अध्यक्षमा सरोज बस्नेत निर्वाचित

दोलखा । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दाेलखाकाे अध्यक्षमा सरोज बस्नेत चयन भएका छन्।
शुक्रबार चरिकोटमा भएको नवाैं जिल्ला सम्मेलनबाट बस्नेत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
त्यसैगरी उपाध्यक्ष सुजन श्रेष्ठ, सचिव सुरज खड्का, सहसचिवमा मिलन खड्का र हरिवंश बुढाथोकी तथा कोषाध्यक्षमा अप्सरा बुढाथोकी निर्वाचित भएका हुन्।
बस्नेतको नेतृत्वमा ६३ सदस्यीय कमिटी निर्वाचित भएको निर्वाचन मण्डलले जानकारी दिए।
नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपाल दोलखाको शुक्रबार सम्पन्न नवौं जिल्ला अधिबेशन नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा युवा संघ युवा नेपालका इन्चार्ज महेश बस्नेतले उद्घाटन गरेका थिए।
नवनिर्वाचित अध्यक्ष वस्नेतले पार्टीको सिद्धान्त र नीतिको पालना गर्दै समाज रुपान्तरणमा युवाहरूलाई अग्रसर गराउने बताए।
"धार्मिक,सांस्कृतिक र प्राकृतिक सम्पदाले सम्पन्न दोलखाका युवा शक्तिलाई जिल्लामै उद्योग, व्यापार व्यवसाय गर्न प्रोत्साहन र सुरक्षाको वातावरण बनाउने काम युवा संघले गर्छ ।" उनले भने, "युवा संघले अब जनताको घरदैलोमा पुगेर जनताको पीर मर्का बुझेर उक्त कुराहरुलाई पार्टीमा छलफल गर्दै समाधानको उपाय समेत निकाल्छ।"

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट