अमेरिकी जीवन छोडेर मातृभूमिको सेवा रोज्ने रुद्रबहादुर खड्का राष्ट्रिय सभामा सिफारिस

१२ पुष २०८२, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१२ पुष २०८२, शनिवार

दोलखा — रुद्रबहादुर खड्का दोलखाबाट राष्ट्रिय सभाका लागि सिफारिस भएका छन्। सुरक्षित र सुविधा सम्पन्न अमेरिकी जीवन छोडेर मातृभूमि सेवा गर्ने अद्वितीय निर्णयले उनलाई प्रतिनिधित्वको योग्य उम्मेदवार बनाएको छ। गौरिशंकर गाउँपालिका–४ का खड्का हाल जिरी–५ बसोबास गर्छन्। २०१७ सालमा झ्याकुमा जन्मिएका उनी देशप्रेम र सामाजिक प्रतिबद्धताको प्रतीक हुन्।

राजनीतिक यात्रामा खड्काको अनुभव अत्यन्तै विविध छ। प्रजातन्त्र पुनःस्थापनापछि साविक जिल्ला विकास समिति दोलखामा २०४९–२०५४ सम्म सभापति बनेका उनी दोस्रो निर्वाचनमा पुनः उपविजेता भएर सभापति पदको उम्मेदवार पनि भएका थिए। 

नेपाली कांग्रेस दोलखाका सहसचिव (२०४७–२०४८), संयोजक (२०४८) र विभिन्न संगठन तथा समितिहरूमा सक्रिय सदस्य रहेका खड्का १३औं महाधिवेशनबाट (२०७२–२०७८) सम्म नेपाली कांग्रेस दोलखाका सभापति बने।

२०७४सालमा प्रतिनिधिसभा निर्वाचनमा २५८०१ मत प्राप्त गर्दै उपविजेता भएका उनी जिविस महासंघका संस्थापक केन्द्रीय सदस्य (२०५१–२०५४) पनि हुन्। सत्याग्रह वि.सं.२०४२, जनमत संग्रह वि.सं. २०३६/३७ र संयुक्त जनआन्दोलन २०४६ लगायतमा उनी सक्रिय सहभागी थिए।

सामाजिक क्षेत्रमा खड्का अग्रणी छन्। भीमेश्वर एफएम ९०.८, वीपी विचार महासंघ दोलखा, कालिन्तोक संरक्षण समिति, हिमाली सेवा समिति जिरी, नेपाल रेडक्रस सोसाइटी जिरी शाखा लगायतमा नेतृत्वदायी भूमिका निभाएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, मन्दिर निर्माण, वृक्षारोपण र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान दिएका उनले समाजसेवामा विशेष छाप छोडेका छन्।

विदेशी जीवनको सुविधा र अवसर छोड्ने निर्णयमा विशेष कुरा के भने, खड्कासँग अमेरिकामा बस्दा सहजै ग्रिन कार्ड प्राप्त गर्ने अवसर थियो। तर उनले  कहिल्यै व्यक्तिगत सुविधा वा सुरक्षालाई प्राथमिकता दिएनन्। करिब १० वर्षसम्म Ridgewood Nepalese Society / Nepal Trusty, New York का संस्थापक एवं बोर्ड सदस्य बनेर नेपाली समुदायमा पहिचान बनाएका खड्का, तत्कालीन माओवादी द्वन्द समाप्ति भएको तीन महिना पछि मात्र देश फर्किए। उनले अमेरिकामा सुरक्षित जीवन छोडेर मातृभूमि सेवा गर्नु नै उनको अटुट देशप्रेम र सामाजिक प्रतिबद्धताको प्रमाण हो ।

राजनीति, समाज र विदेशीय अनुभवको मिश्रणले रुद्रबहादुर खड्कालाई राष्ट्रिय सभामा दोलखा जिल्लाको प्रतिनिधित्वका लागि अत्यन्त योग्य उम्मेदवार बनाएको छ।

.