१८ फागुन २०८२, मङ्गलवार

भर्खरै

वेस्ट इन्डिजविरुद्ध गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

राम्रो पोष्ट ७ असार २०८०, बिहिवार
वेस्ट इन्डिजविरुद्ध गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ । बिहीबार जिम्बावेको हरारेको हरारे स्पोर्टस क्लबमा टस जितेर बलिङ थालेको नेपालका लागि गुल्सन झाले दोस्रो सफलता दिलाएका हुन् । नेपालका लागि उनले आफ्नो ओभरको पहिलो बलमा नै विकेट लिएका हुन् । वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ । यसअघि दोस्रो ओभर बलिङमा आएका करण केसीले ले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिएका थिए । वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । नेपालले एकदिवसीय विश्वकप विजेता टोलीसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गर्दैछ ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट