April 30, 2026

भर्खरै

साउथ एशियन चेस च्याम्पियनसिप भोलिबाट

राम्रो पोष्ट २९ जेठ २०८०, सोमवार
साउथ एशियन चेस च्याम्पियनसिप भोलिबाट

काठमाडौं । दोस्रो साउथ एशियन चेस च्याम्पियनसिप मंगलवारबाट शुरु हुने भएको छ। नेपाल बुद्धिचाल महासंघले सोमवार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलवारबाट शुरु हुने जनाएको हो।

 

ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा आयोजना हुने च्याम्पियनसिप असार ४ गतेसम्म सञ्चालन हुनेछ। च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भूटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ। च्याम्पियनसिपमा हरेक देशबाट एक÷एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरी १०–१० जना खेलाडीको सहभागिता जनाउने छन्।

 

राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरवीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने छन्। प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउनेछन् ।

 

महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउनेछन्। च्याम्पियनसिपमा ग्राण्डमास्टर सायनतन दासको सहभागिता रहने बताइएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट