May 13, 2026

भर्खरै

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

राम्रो पोष्ट १७ माघ २०८०, बुधवार
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौं ।आइसिसी यू- १९ विश्वकपअन्तर्गत सुपर सिक्सकाे पहिलाे खेलमा नेपाल बंगलादेशसँग पराजित भएकाे छ। नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएकाे हाे।
बुधबार दक्षिण अफ्रिकाको माङगाउन ओभलमा नेपालले दिएकाे १७० रनकाे लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे।
नेपालले दिएकाे लक्ष्य पछ्याउने क्रममा बंगलादेशका दुई खेलाडीले अर्धशतक प्रहार गरे। जिसम आलमले ५५ तथा अरिफुल इस्लामले ५९ रन प्रहार गरे।
नेपालका सुभास भण्डारी एक्लैले ५ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १६९ रन बनाएकाे थियाे।
नेपालले अब सुपर सिक्सकाे दाेस्राे खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल यसअगाडि नै प्रतियाेगितबाट बाहिरिसकेकाे छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट