September 28, 2026

भर्खरै

आईसीसीको वरीयतामा सन्दीप ३२औँ स्थानमा: अस्ट्रेलियन कप्तानलाई पछि पारे

राम्रो पोष्ट २२ कार्तिक २०८०, बुधवार
आईसीसीको वरीयतामा सन्दीप ३२औँ स्थानमा: अस्ट्रेलियन कप्तानलाई पछि पारे

काठमाडौं : आईसीसीको एकदिवसीय वरीयतामा सन्दीप लामिछानेले अस्ट्रेलियन कप्तान तथा बलर प्याट कमिन्सलाई पछि पारेका छन्।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीप ३२औँ स्थानमा रहेका छन्। अस्ट्रेलियन कप्तान  कमिन्स भने ३३ औँ स्थानमा छन्।   
बलिङतर्फ भारतका मोहम्मद सिराज शीर्ष, दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो तथा अस्ट्रेलियाका एडम जाम्पा तेस्रो स्थानमा छन्।
नेपालका दिपेन्द्र सिंह ऐरी ६७ औँ, करण केसी ८२ औँ, सोमपाल कामी ८८ औँ तथा ललित राजवंशी ९९ औँ स्थानमा छन्।
ब्याटिङतर्फ भने नेपालका आशिफ शेख ७२ औँ, कप्तान रोहित पौडेल ८३ औँ तथा कुशल भुर्तेल ९८ औँ स्थानमा छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट