१२ चैत २०८२, सोमवार

भर्खरै

पूर्व राष्ट्रपति ट्रम्पमाथि अर्को मुद्दा, गोप्य कागजात आफैसँग राखेको आरोप

राम्रो पोष्ट २९ जेठ २०८०, सोमवार
पूर्व राष्ट्रपति ट्रम्पमाथि अर्को मुद्दा, गोप्य कागजात आफैसँग राखेको आरोप

काठमाडौं ।  अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने भएको छ । ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर भएसँगै मुद्दा चलाइने भएको हो । ट्रम्पले सयौं गोप्य दस्तावेज आफूसँग राखेको आरोप छ ।

 

सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले कैयौँ आरोप सामना गरिरहेका छन् । जसमा न्यायमा बाधा पुर्‍याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन् । उनलालाई आगामी मंगलबार अदालतमा उपस्थित हुन भनिएको छ ।

 

यता उनीविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर उनले कहिल्यै सोचेका थिएनन् अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ । म निर्दोष छु ।’

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट