चीनको विद्युतीय कार बिक्री ६०.२ प्रतिशतले बढ्यो
राम्रो पोष्ट
२९ जेठ २०८०, सोमवार
काठमाडौं । चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स’ को तथ्यांकले देखाएको छ ।
गत महिना चीनमा विद्युतीय सवारी साधनको उत्पादन ५३ प्रतिशतले वृद्धि भई सात लाख १३ हजार युनिट पुगेको थियो । मे महिनामा चीनमा एनईभीको बजार हिस्सा ३०.१ प्रतिशत पुगेको थियो ।
एनइभीको निर्यात १६० प्रतिशतले वृद्धि भई चार लाख ५७ हजार युनिट पुगेको तथ्याङ्कले देखाएको छ । एनईभी खपतमा अग्रङ्क्तिमा रहेर चीनले आफ्नो एनईभी बजारको विकासलाई कायम राख्न विशेष गरी यसको विशाल ग्रामीण क्षेत्रमा सहयोगी नीतिहरू ल्याएको छ ।
यो बर्षको पहिलो पाँच महिनामा, विद्युतीय सवारी साधन बिक्री एक वर्ष पहिलेको तुलनामा ४६.८ प्रतिशतले वृद्धि भई २९ लाख चार हजार वटा पुगेको छ । चीनको एनईभी उत्पादन ३० लाख युनिटभन्दा बढी छ । यो वर्ष एनईभी उत्पादन ४५.१ प्रतिशतले वृद्धि भएको छ ।
डेमोक्र्याटले संसद् कब्जा गरे पनि ट्रम्प पछि नहट्ने! संसद्को अनुमतिबिनै शासन चलाउने ह्वाइट हाउसको गोप्य तयारी
अमेरिकी मध्यावधि निर्वाचनको मुखैमा राजनीतिक हलचल, आफ्नै पार्टीकी नेतृले रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेपछि डेमोक्र्याटभित्र खैलाबैला!

राम्रो पोष्ट