च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो
राम्रो पोष्ट
२९ जेठ २०८०, सोमवार
काठमाडौं । यूईएफा च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।
शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।
सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै निर्णायक बनेको थियो । सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
सिटीले प्रिमियर लिग पछि म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि जितको थियो भने शनिबार च्याम्पियन्स लिग जितेसँगै १९९९ मा म्यानचेस्टर युनाइटेड पछि एकै सिजनमा तीन उपाधि ‘ट्रेबल’ को कीर्तिमान बनाउन सिटी सफल भयो ।
प्रशिक्षक पेप ग्वार्डिवालाको भने यो तेस्रो च्याम्पियन्स लिग उपाधि हो ।

राम्रो पोष्ट