September 27, 2026

भर्खरै

सुन्दर खड्काको ‘कालिञ्चोकका डाफे मुनाल’ सार्वजनिक

राम्रो पोष्ट १५ असोज २०८१, मङ्गलवार
सुन्दर खड्काको ‘कालिञ्चोकका डाफे मुनाल’ सार्वजनिक

चरिकोट । साहित्यकार तथा गीतकार सुन्दर खड्काको ‘कालिञ्चोकको डाफे मुनाल’ सार्वजनिक भएको छ।

हिमाली जिल्ला दोलखाको धार्मिक तथा पर्यटकीय स्थलहरुको वर्णन गरिएको गीतको म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो।

म्युजिक भिडियोलाई एक कार्यक्रमका माझ राष्ट्रिय सभाका उपाध्यक्ष माननीय विमला घिमिरेले विमोचन गरेको निर्माता तथा गीतकार सुन्दर खड्काकाले जानकारी दिए।

गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक नरहरी प्रेमीको आवाज रहेको छ। ७ मिनेटको गीत तथा म्युजिक भिडियोमा प्रेमकथा, नृत्य, अभिनय र दोलखाका महत्वपूर्ण पर्यटकीय स्थलको दृष्य समेटिएको छ ।

सन्जिब ठकुरी र बबिता गुरुङले मोडलिङ गरेको गितको म्युजिक भिडियोलाई अर्पण तामाङले निर्देशन गरेका हुन्। भीमसेन श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठले छायांकन गरेको म्यूजिक भिडियोको सम्पादन भने सिनेमाटोग्राफी भीमसेन श्रेष्ठको रहेको छ।

गीतमा दोलखाका ऐतिहासिक पुराना तर ओझेलमा परेका ठाउँहरु सुन्द्रावती झरना, चौघरा दरबारको महत्त्व झल्काउने शब्द संयोजन गरिएको छ।

त्यसैगरी नयाँ गन्तव्यको रुपमा विकास हुदैं गरेका पर्यटकीय स्थलहरु श्रीङ्गी ऋषिको गुफा (शुरुङ्गे), आन्तरिक पर्यटकलाई आकर्षण गर्ने भोर्ले झरना, शैलुङको सय थुम्का मिनिग्रेटवाल, गोल्मास्थान र दोलखाका शितलबस्तीलाई चर्चामा ल्याउन खोजिएको छ।

त्यसैगरी दाइँ गर्ने प्रचलन, सिंगटीको माछा चरिकोटबासीलाई कोसेलीकै रुपमा ल्याउने प्रचलनलाई समेत गीत मार्फत मायाप्रेमसँग जोडिएको छ । र नेपालको समयसूचक गौरीशङ्कर हिमाल, तामाकोसी नदी, कालिञ्चोक,शैलुङ, हनुमन्ते लगायतका पर्यठकीय स्थलको समेत वर्णन गरिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट