१८ फागुन २०८२, मङ्गलवार

भर्खरै

श्रीमानसंग सम्बन्धविक्षेद नगरे पनि अभिनेत्री निशा अधिकारीले एक भाग अंश पाउने

राम्रो पोष्ट १४ फागुन २०८०, सोमवार
श्रीमानसंग सम्बन्धविक्षेद नगरे पनि अभिनेत्री निशा अधिकारीले एक भाग अंश पाउने

काठमाडौं । श्रीमानसंग सम्बन्धविक्षेद नगरी अंश मात्रै माग गरेकी अभिनेत्री निशा अधिकारीले एक भाग अंश पाउने भएकी छन् ।
श्रीमान् शरद भेषवाकर (पूर्वक्रिकेटर)को सम्पत्तिबाट उनले एक भाग अंश पाउने भएकी हुँन।
निशाले छोरा र आफ्नो लागि शरदको सम्पत्तिबाट दुई भाग माग गर्दै २०७९ सालको भदौ २८ गते अदालतमा मुद्दा हालेकी थिइन् ।
काठमाडौं जिल्ला अदालतले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग मात्रै पाउने फैसला सुनाएको छ।
अदालतले छोराको अंश भने बालिग नहुन्जेल निशा र शरद दुवैको संरक्षणमा हुने फैसला गरेको छ ।
अदालतले निशा र छोरालाई अंश नदिउन्जेल शरदले मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने फैसला सुनाएको छ ।
शरदले अदालतमा २०७५ साल मंसिरदेखि निशा आफूखुसी माइत बस्दै आएकोले निशाले अंश लिएर छुट्टै बस्न चाहनु आफ्ना लागि स्वीकार्य भएको बताएका छन् ।
निशा र शरदबीच सम्बन्धविक्षेद भने भएको छैन । विवाहित महिलाले श्रीमानसँग डिभोर्स नगरीकन पनि अंश माग गर्न पाउने कानुनी व्यवस्था छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट