एनआरएनए जापानको महाधिवेशनमा राकेश लामाको उम्मेदवारी दर्ता, कोषाध्यक्ष पदमा दावी

१ साउन २०८२, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१ साउन २०८२, बिहिवार

टोकियो – गैर–आवासीय नेपाली संघ (एनआरएनए) जापानको १३ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको दौड तिव्र बन्दै गएको छ। 

जापानमा स्थापित युवा व्यवसायी तथा समाजसेवी राकेश लामाले बुधवार औपचारिक रूपमा कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

“नेपालीका लागि नेपाली“ भन्ने मूल नारासहित लामो समयदेखि एनआरएनएमा सक्रिय र योगदान दिँदै आएका लामाले युवाको प्रतिनिधित्व, आर्थिक पारदर्शिता र संस्थाको समावेशी स्वरूपका लागि सशक्त नेतृत्वको आवश्यकता औंल्याउँदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उहाँले उम्मेदवारी दर्तापछि भन्नुभयो,“अब एनआरएनएमा युवा पुस्ताको नेतृत्व समयको माग हो। पारदर्शी आर्थिक प्रणाली, समाजप्रति उत्तरदायी संस्था र सबैको सहभागितासहितको एनआरएनए निर्माण मेरो प्रतिवद्धता हो।“

राकेश लामाको उम्मेदवारीसँगै कोषाध्यक्ष पदमा युवा नेतृत्वको उपस्थितिले चुनावी प्रतिस्पर्धा झनै चासोको विषय बनेको छ।

१३ औं महाधिवेशन अन्तर्गत अधिवेशन सत्र जुलाई २० मा हुने र निर्वाचन जुलाई २७ मा तय गरिएको छ ।

एनआरएनए जापानमा लामो समयदेखि सक्रिय, सामाजिक उत्तरदायित्वप्रति समर्पित राकेश लामाको उम्मेदवारीले जापानमा रहेका नेपाली युवाबीच नयाँ आशा र उत्साह थपिदिएको छ।

.