पोखरामा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु
राम्रो पोष्ट
२९ जेठ २०८०, सोमवार
काठमाडौं । पोखरामा स्वीमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-१६ बाटुलेचौरस्थित मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर वडा नम्बर ८ आलुमाइला चोकका १० वर्षी बालक ऐनक्स थापाको मृत्यु भएको हाे ।
शनिबार साँझ करिब सवा पाँच बजेतिर पुलमा डुबेर गम्भीर घाइते भएका थापालाई तत्कालै उपचारको लागि दीप अस्पताल पोखरा पठाइएको थियो । शनिबार साँझ सात बजे चिकित्सकले थापालाई मृत घोषणा गरेका प्रहरीले जनाएकाे छ ।

राम्रो पोष्ट