बिकल्प छैन
राम्रो पोष्ट
२९ जेठ २०८०, सोमवार
काठमाडौं । काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरूले विरोध गरेका छन् । सोमवार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूबिच विवाद सिर्जना भएको हो ।
एक पक्ष स्थानीयहरू वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरू सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरूबिच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ ।
महानगरपालिकाले २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ । अहिले महानगरपालिकाले स्थानीयको विरोधकाबिच डोजर चलाइरहेको छ । स्थानीयहरूले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन् । उनीहरूले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरूको तर्क छ । स्थानीयहरूले वडा कार्यालय अन्य कुनै पनि संरचना बनाउन महानगरपालिकालाई आफूहरूको समर्थन रहने प्रतिबद्धता जनाएका छन् ।

राम्रो पोष्ट