जापान आइपुगे अनमोल: आइतबार "फर्की फर्की"को रेड कार्पेट प्रिमियर शोमा सहभागी हुने

२६ जेठ २०८१, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
२६ जेठ २०८१, शनिवार

टोकियो। नेपाली चलचित्रका मेगास्टार अनमोल केसी जापान आइपुगेका छन्।
चलचित्र फर्कीको रेड कार्पेट प्रिमियर शोमा सहभागी हुन उनि शनिबार विहान जापान आईपुगेका हुन्।
उनलाई एनआरएनए जापानका उपाध्यक्ष तथा फर्कीफर्कीका जापान प्रदर्शक सुभास लामिछानेले नारिता विमानस्थलमा स्वागत गरेका छन्।
अनमोल आइतबार (भोलि) बेलुका ६ बजे टोकियो स्थित नाकोनो जेरो हलमा फर्की फर्कीको रेड कार्पेट प्रिमियर शोमा सहभागी हुने उपाध्यक्ष लामिछानेले जानकारी दिए।
यसपटक अनमोलको जापान भ्रमण रिफ्रेस्मेंटका लागि समेत हुने बताइएको छ।
चलचित्र रिलिज पुर्व र रिलिज पछिको दौडधुपको थकाई मेटाउन अनमोलले जापानमा केहि समय बिताउने छन्। अनमोल टोक्योमा हुने मुख्य शोमा सहभागी हुने छन् भने नागोया ,फुकोवाका लगाएतका शहरमा हुने शोहरुमा समेत सहभागिता जनाउने सम्भावना रहेको छ।
सन् २०१८ मा चलचित्र "कृ" को रेड कार्पेट प्रिमियरका क्रममा अनमोललाई जापान ल्याएका चलचित्र "फर्की फर्की"का प्रदर्शक सुवास लामिछानेले ६ वर्ष पछि पुन अनमोललाई जापान ल्याएका हुन्।
सुभास भन्छन् -अनमोलको जस्तो स्टार भ्यालु अनि क्रेज अरुको देखिन। चलचित्र कृको प्रदर्शन गर्दा सामान्य तयारीका बीच पनि करिब एक हजार दर्शक उपस्थित भएका थिए।
यो पटक एक पाँच सय बढी दर्शक चलचित्र फर्की फर्की हेर्न आउने सुभासको अनुमान छ। त्यसो त सुभासले चलचित्र कबड्डी ४ प्रदर्शन गराउँदा १७ सय दर्शकले चलचित्र हेरेका थिए। जापानको इतिहासमै एक शोमा एकैसाथ सत्रसय दर्शकले चलचित्र हेरेको पहिलो पटक भएको सुबास बताउँछन्।
पछिल्लो समय राम्रो चलचित्र प्रदर्शन हुँदा जापानमा रहेका दर्शकहरुले समेत राम्रो साथ दिंदै आएका छन्। चलचित्र फर्की फर्कीलाई नेपालका दर्शकहरु बाट राम्रो साथ मिल्नुका साथै चलचित्रले राम्रो प्रतिक्रिया समेत पाइरहेको छ। जसकारण जापानमा चलचित्रको बेग्र प्रतिक्षा भइरहेको सुवासले जानकारी गराएका छन्। चलचित्र जापानको टोक्यो शहर स्थित नाकानो जिरो हलमा जुन ९ तारिक साँझ ६ ;३० बजे बाट प्रदर्शन हुने भएको छ। चलचित्र हेर्नका लागि बिद्यार्थीहरुलाई २५०० /- र अरु दर्शकका लागि ३००० /-टिकट दर राखिएको छ। टिकटखै डट कम अनलाइन मार्फत पनि टिकट खरिद गर्न सकिने बताइएको छ।

.